INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १७ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ८ गते भारत बेतिया घर भई रामपुर नपा-४ रामपुरमा मिस्त्री काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई १७ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश शङ्कर बरालको इजलाशले कसुर ठहर गर्दै १७ वर्षकैद र ४३ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको जिल्ला अदालतले जनाएको छ ।

पीडित बालिकालाई मियाले ०७५ कात्तिक २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई कात्तिक ३० गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २९ गते जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो