५० वर्षीया सुस्त मनस्थितकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१७ रानीगञ्जका ३८ वर्षीय केशव भनिने रूद्र बराललाई जेठ २८ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको र कसैलाई भने जे पनि हुन सक्ने भन्दै धम्की दिएको पीडित महिलाले स्थानीयलाई बताएकी थिइन् ।
स्थानीय महिलाहरूको सहयोगमा पीडित पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ २८ गते उजुरी दिएको डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७