INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई वर्षीया बालिकाको ‘बलात्कार’ गरी हत्या प्रयास घटनाकी आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया गाँउकी ४० वर्षीया कलावती देवी गिरीलाई जेठ २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित गिरीले जेठ २३ गते दिउँसो प्लाष्टिकको डोरीले दुवै हात बाँधेर मुख र गुप्ताङ्गमा कपडाका टुक्राहरु कोचेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।

आरोपित गिरीले पीडित बालिकाको घरपरिवारसँग रहेको रिसइवी साँध्ने मनसायले हत्या प्रयास गरेको स्थानीयको आरोप छ ।

प्रहरीले जबरजस्तीकरणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्नका लागि बारा जिल्ला अदालतबाट जेठ २४ गते पाँच दिनको म्याद थप गराएको डिएसपी राठौरले बताए ।

मुलुकी अपराध संहिताले यस्तो हर्कतलाई पनि बलात्कार मान्छ । त्यसैले प्रहरीले जबरजस्तीकरणी र ज्यान मार्ने उद्योगमा उनीमाथि अनुसन्धान थालेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २४ गते कलैया अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो