INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार

१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम वस्तीलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

नीलकण्ठ नागरपालिका-१४ धुवाकोट अम्वोटे घर भई हेटौँडामा मजदुरी गरेर बस्ने आमासँग बस्दै आएकी सुनितालाई नेपाली नागरिकता बनाउन माग गर्दा वस्तीले कुटपिट गरेका हुन् ।

Photo20190604Dhading

आफ्नो र आमाको नागरिकता बनाउनका लागि आग्रह गर्दा उक्त विषयमा विवाद भएपछि बाबुले आमा छोरी दुवैलाई गाली गर्दै आक्रमण गरेपछि घरको आँगनमा रहेको खुर्पा छोरीमाथि प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनायो ।

आरोपितले पत्नी सरीता र छोरी सुनितालाई आक्रमण गरेको र आक्रमणमा छोरीमाथि खुर्पा प्रहार गरी ज्यान मार्ने कोशिस गरेको भन्दै आरोपितविरूद्ध सरीताले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार बैदवारले बताए ।

घटनामा घाइते भएकी सुनिताको जेठ २० गते जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचारपछि थप उपचार काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो