१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पुर्वी चौकी गाउँपालिका-७ सलेनाका ३० वर्षीय सुरत खड्कालाई जेठ १८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले जेठ १६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा १८ गते मौखिक उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर सुरेन्द्र बमले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल डोटीमा जेठ १८ गते गरिएको छ ।