६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय एक बालकलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा कात्तिक ७ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते हेटौँडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।