१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई मध्यपुर थिमी नगरपालिका–९ बस्ने ३१ वर्षीय प्रेम राईलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २८ गते महानगरी प्रहरी वृत्त थिमीमा मैखिक उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी मिलन केसीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रसूति गृह थापाथलीमा वैशााख २८ गते गरिएको प्रहरीले जनाएको छ ।