२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ्ग नगरपालिका–१ का २९ वर्षीय लक्ष्मण तामाङलाई वैशाख ३० गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३० गते गरिएको छ ।