INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा वैशाख १९ गते दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको एसपी राजेन्द्र विष्टले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख १९ गते गरिएको छ ।

आरोपित बालकले भने आफ्नी आमा र पीडित भनिएकी बालिकाकी आमाबिच भएको विवाद र झगडाका कारण आफूमाथि झुठा आरोप लगाएको बताए ।

अन्य

भिडियो