दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वैशाख २३ गते हुन लागेको बालविवाह छिमेकीको सहयोगमा प्रहरीले रोकेको छ ।
भोजपुर जिल्लाको टेम्केमैयुङ गाँउपालिका–७ का २४ वर्षीय उद्घव नेपालले १७ वर्षीया बालिकासँग तय गरेको विवाह प्रहरीले रोकेको हो ।
बाल विवाह हुन लागेको खबर छिमेकीले दिएपछि प्रहरी आउने थाहा पाएर जन्ती पक्ष भागेको सो वडाका वडाध्यक्ष डिल्लीकुमार राईले बताए ।
स्थानीयको खबर लगत्तै प्रहरी परिचालन गरी हुन लागेको बालविवाह रोकेको जिल्ल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशवकुमार कटुवालले बताए ।
नेपालको संविधानले बाल विवाहलाई वर्जित गरेको छ । २० वर्षमुनि विवाह गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना तिर्नुपर्ने मुलुकी अपराध संहिता ऐन ,२०७४ मा व्यवस्था गरिएको छ । तर, राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनले १८ वर्ष मुनीका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरिएको छ ।