INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिप्रुङ चुईचुम्मा गाँउपालिका–१ याम्खाका ५४ वर्षीय कुमार विश्वकर्मालाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले वैशाख २३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशवकुमार कटुवालले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २३ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो