INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नपा–५ का २३ वर्षीय सुनिल सुनारलाई वैशाख २० गते देवदहबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई वैशाख १९ गते साँझ घरमा कोही नभएको मौका छोपी मुख थुनेर बलात्कार गरेको भनी पीडित महिलाका १२ वर्षीय छोराले छिमेकीको सहयोगमा वैशाख २० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २० गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो