जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटीका उपाध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरालाई वैशाख १८ गते प्रहरीले गिरफ्तार गरेको हो ।
त्रिवेणी गाउँपालिका–२ रुँघाबाट बोहरालाई गिरफ्तार गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।