INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–११ का २६ वर्षीय आशाराम माझीलाई वैशाख १५ गते गिरफ्तार गरेको छ ।

वैशाख १४ गते राति आरोपित माझीले पीडित बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा मौखिक उजुरी परेपछि आरोपित माझीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १५ गते चितवनस्थित भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो