३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा–१० इनरूवा फुलबडियाका ४३ वर्षीय लाल मोहम्मद मियाँलाई वैशाख १२ गते गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार पीडितले वैशाख १० गते दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरेको हो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख १० गते स्वास्थ्य परीक्षण गरिएको छ । पिसाव फेर्न घर बाहिर निस्केको बेला वैशाख ६ गते राति आरोपितले नियन्त्रणमा लिई बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन् ।
आरोपितले तीन महिनाअघि नै आपसी सहमतिमा यौन सम्बन्ध भएको भन्दै बलात्कारको आरोप अस्वीकार गरेका छन् ।