कलैया उपमहानगपालिका–१५ खमवा स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार चेतना समूहको अगुवाइमा वैशाख १३ गते वातावरण संरक्षण गोष्ठी र वृक्षारोपण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सोही वडाका वडा अध्यक्ष भोरीकप्रसाद यादवले जलवायु परिवर्तनको नकरात्मक असर रोक्न सहकार्य आवश्यक भएको बताए ।
उनले भौतिक संरचना मानवमैत्री बनाउने र वातावरण नास गर्ने प्रवृत्तिले विकराल रूप लिएको बताए । उनले विकासका साथसाथै वातावरण संरक्षण गर्न जोड दिए ।
उनले वडा कार्यालय, विद्यालय परिवार, बाल अधिकार चेतना समूह र समाज मिलेर वातावरण संरक्षण गर्न आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक तेजनारायण जयसवालले विद्यालय हराभरा, रङ्गीचङ्गी र वातावरण सुधार गर्न वातावरण संरक्षण गोष्ठी र विरुवा रोप्न सहयोग भएको बताए ।



