INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई आठ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१५ का ४४ वर्षीय ऋषिराम आचार्यलाई वैशाख १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभन र दबाबमा पारेर ०७५ असोजदेखि ०७६ वैशाख ७ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ९ गते जिल्ला प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो