नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला जनपरिषद प्रमुख ६५ वर्षीय विष्णु रिजाललाई ९ गते प्रहरीले गण्डकी गाउँपालिका–७ घ्याल्चोक स्थित उनको घरबाट गिरफ्तार गरेको छ ।
उनलाई राजद्रोह अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने एसपी भोला रावलले बताए ।
धादिङ कार्यक्षेत्र भएका नेकपा सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य ईश्वर पाण्डेलाई वैशाख ८ गते प्रहरीले उनकै निवास भिमसेन थापा गाउँपालिका–६ अश्राङबाट गिरफ्तार गरेको छ ।
धादिङको एनसेल टावरमा क्षति पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता भएको सूचना पाएपछि पाण्डेलाई वैशाख ९ गते धादिङ प्रहरीलाई बुझाइएको रावलले बताए ।