INSEC Online

📅 २०८३ जेष्ठ २२

बाल अधिकार चेतना समूहको अगुवाइमा विद्यालय भर्ना अभियान

कलैया उपमहानगरपालिका–१५ खमवास्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहको अगुवाइमा वैशाख ८ गते विद्यालय भर्ना अभियान, र्‍याली र घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा अध्यक्ष भोरिकप्रसाद यादवले बालबालिका र विद्यालय परिवारको प्रयासलाई वडा कार्यालयले सहयोग गरेको बताए ।

उनले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा पठाउन घरघरमा गएर अनुरोध पनि गरे । वडा अध्यक्ष यादवले यो अभियान अरू दुई हप्ता सञ्चालन गर्न विद्यालय परिवारसँग आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण यादवले अति गरिव र विपन्न परिवारका बालबालिकाहरूलाई सहयोग गर्ने बताए ।

उनले दलित समुदायका बालबालिका विद्यालय पठाएर सहयोग गर्न आग्रह गर्दै बालबालिकालाई गुणस्तरीय शिक्षाको प्रबन्ध मिलाउने बताए ।

प्रधानाध्यापक तेजनारायणप्रसाद जयसवाले इन्सेकको सहकार्यमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठन भएको बाल अधिकार सचेतना समूह, बालबालिका, वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिसँग सधैँ सहकार्य गर्ने बताए ।

शिक्षाका क्षेत्रमा अझै सहयोग गर्न इन्सेकका जिल्ला प्रतिनिधिलाई प्रधानाध्यापक जयसवालले आग्रह गरे ।

बाल अधिकार सचेतना समूह खम्वाकी अध्यक्ष रिन्ता कुमारीले सबै बालबालिका विद्यालय पठाउन अनुरोध गर्दै भाइबहिनीहरूलाई बाल अधिकार चेतना समूहले सहयोग गर्ने बताइन् ।

खमवा, सोनरनिया, बर्वाका २ सय घरमा भर्ना अभियान र घर दैलो कार्यक्रम सञ्चालन गरेका थिए ।

photo20190421bara

अन्य

भिडियो