११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–५ का २० वर्षीय दिपेन मगरलाई वैशाख २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १ गते धम्की दिएर बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख २ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।