१५ वर्षीया छोरीलाई चार महिनादेखि निरन्तर बलात्कार गरेको आरोपमा उजुरी परी फरार रहेका ४५ वर्षीय बाबुलाई प्रहरीले नुवाकोटबाट चैत २७ गते गिरफ्तार गरेको छ ।
आरोपित फरार रहेकोमा नुवाकोटबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।
पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा चैत २५ गते आरोपितविरूद्ध उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २५ गते भरतपुर अस्पतालमा गरिएको छ ।