INSEC Online

📅 २०८३ जेष्ठ २२

कुटपिट गरी गोली प्रहार गरी मार्ने धम्की दिने पति गिरफ्तार

आठराई गाँउपालिका–३ की ३४ वर्षीया पत्नी इन्द्रमाया शेर्पालाई कुटपिट गरी भरूवा बन्दुकले गोली प्रहार गरी मार्ने धम्की दिने ३५ वर्षीय पति इन्द्रलोक शेर्पालाई चैत २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

चैत २७ गते कुटपिट गर्दै भरूवा बन्दुकले गोली प्रहार गरी मार्ने धम्की दिएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय आठराईमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए । पीडितको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो