१९ वर्षीया युवतीलाई विभिन्न प्रलोभन देखाएर भारत लैजाँदै गरेको आरोपमा प्रहरीले क्राइन्ट ग्राम बनारस भारतका ३३ वर्षीय मोहम्द कामिललाई चैत २६ गते सिद्धार्थनगर नपा–१ बेलहियाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आफन्त नामक संस्थाको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेको छ । आरोपितले पीडित युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर पोखराबाट भैरहवा हुँदै बेचबिखनका लागि भारत लैजान लागेको प्रहरीको आरोप छ ।
पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण चैत २६ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।