बारा र पर्सामा आएको हावाहुरीका कारण मृत्यु भएकाको सम्झनामा प्रदेश २ सरकारले प्रादेशिक शोक मनाउने घोषणा गरेको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले १३ औँ पुण्यतिथिमा चैत ३० गके शोक मनाउने निर्णय गरेको हो ।
प्रदेश २ सरकारले १३ औँ पुण्य तिथिको दिन चैत ३० गते शोक मनाउने निर्णय गर्दै उक्त दिन विहान ११ बजे दुई मिनेट मौन धारण गर्न आहृवानसमेत गरेको छ । हावाहुरीमा परी ज्यान गुमाएका प्रत्येक मृतकको परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।
चैत १७ गते राती आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको ज्यान गएको थियो भने ६ सय भन्दा बढी सर्वसाधारण घाइते भएका थिए ।