INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–३ हटेल तरहीका २१ वर्षीय मो. इसराफिलविरूद्ध पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा चैत १७ गते उजुरी दिएकी छिन् ।

मामाघरमा एक्लै सुतिरहेकी बालिकाको कोठामा भेन्टिलेशनबाट चैत १४ गते बिहान छिरेका आरोपितले मुख थुनेर बलात्कार गरेको पीडितले बताइन् ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १५ गते गरिएको छ । आरोपित गिरफ्तार नभएको सप्तरी प्रहरीले जनाएको छ ।

अन्य

भिडियो