विप्लव नेतृत्वकोे नेकपानिकट अखिल नेपाल शिक्षक संगठन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष रामनिवास चौहानलाई प्रहरीले मायादेवी गाउँपालिका–४ पकडीबाट चैत १५ गते गिरफ्तार गरेको छ ।
जनता मावि बलुहवाका प्रधानाध्यापक रहेका चौहानलाई एसइइ परीक्षाको अनुगमनका लागि पकडी आएको अवस्थामा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले गिरफ्तार गरेको पीडित पक्षको आरोप छ ।