INSEC Online

📅 २०८३ श्रावण १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला दरवार गाउँपालिका–७ का ३६ वर्षीय पूर्ण बहादुर खत्रीलाई ०८३ साउन ७ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकोछ ।

रीमा बि.सी.

अन्य

भिडियो