सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निसिखोला गाउँपालिका–७ का ५९ वर्षीय देवबहादुर कुँवरलाई ०८३ साउन ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार ३२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
पीडित बालिकाको साउन ८ गते प्रादेशिक अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।