INSEC Online

📅 २०८३ श्रावण ११

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको भन्दै प्रहरीले सुध्द्धोधन गाउँपालिका–३ मटिनियाका २२ वर्षीय कृष्ण कुमार गौडलाई साउन ९ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई असार ३१ गते सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको भन्दै पीडित पक्षले साउन १० गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका छन् ।

उजुरीका आधारमा कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनु भयो ।

रीमा बि.सी.

अन्य

भिडियो