भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा १ सय १६ कैदीलाई स्थानान्तरण गरिएको छ ।
कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताउनुभयो । सो कारागारको कुल क्षमता ५ सय ५ व्यक्ति अट्ने रहेको छ । यहाँबाट भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, जगन्नाथ देवलमा ६, कपिलवस्तुमा १७, कास्कीमा सात, स्याङ्जामा चार, नख्खु, ललितपुर र नेपालगन्जमा क्रमशः एक/एक जना कैदी स्थानान्तरण भएका छन् । हाल महिला ४० र पुरुष ६ सय ७७ गरी कुल ७ सय १७ कैदीबन्दी रहेका छन् । सो कारागारमा महिला ३० र पुरुष ४ सय ७५ गरी कुल ५ सय ५ जना अट्ने रहेको छ ।