INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चैत ११ गते गिरफ्तार गरेको छ ।

टेम्केमैयुङ गाउँपालिका–४ नागीका २९ वर्षीय सञ्जय राई, पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेका २४ वर्षीय विकास राई र साल्पासिलिछो गाउँपालिका–१ कुलुङका ४७ वर्षीय महेन्द्र तामाङलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गिरफ्तारीमा परेका सञ्जय राई र महेन्द्र तामाङ जिल्ला कमिटी सदस्य हुन् भने विकास राई विद्यार्थी सङ्गठनको जिल्ला अध्यक्ष रहेको प्रहरीको भनाई छ ।

भोजपुर सदरमुकाममा गिरफ्तार गरिएका सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि शान्ति सुरक्षामा खलल पुर्‍याएको कसुरमा चैत ११ गते नै मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डपकुमार राजवंशीले बताए ।

त्यस्तै साल्पासिलिछो गाउपालिका–१ वुङलिङबाट गिरफ्तार गरिएका महेन्द्र तामाङलाई भने प्रहरीले जिल्ला ल्याउने क्रममा रहेको इन्स्पेक्टर राजवंशीको भनाई छ ।

अन्य

भिडियो