INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका सप्तरी इञ्चार्जसहित तीन जना गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सप्तरी जिल्ला इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव, कञ्चनरुप नपा–६ का ५२ वर्षीय नुन्नु राम र शम्भुनाथ नपा–६ का ४६ वर्षीय गणपति साहलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।

यादव जिल्ला इञ्चार्ज रहेको र अन्य दुई जना जिल्ला सदस्य रहेको बताइएको छ । उनीहरु घरबाटै गिरफ्तार भएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीले विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको आरोपमा अन्य व्यक्तिहरुलाई पनि गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ ।

गिरफ्तार भएकामध्ये साह आफ्नो पार्टीको सक्रिय कार्यकर्ता रहेको नेकपाका केन्द्रीय सदस्य एवम् संविधान सभाका निवर्तमान सदस्य अशोक मण्डल अमरले दावी गरेका छन् ।

तत्कालिन एमाओवादीको जिल्ला सदस्य रहेका साह हालसम्म पनि नेकपा (नेकपा)को हरेक कार्यक्रममा क्रियाशीलता पूर्वक खटिरहेको र विप्लव समूहको कुनै गतिविधिमा नरहेको मण्डलले बताए ।

गिरफ्तार तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा नियन्त्रणमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

अन्य

भिडियो