१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ नन्दनगरका २१ वर्षीय रज्जाक मुसलमानलाई ०८३ असार २८ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई असार २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २८ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परिक्षण असार २७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।