३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्यूठान घरभई शिवराज नगरपालिका–५ कटनीका ३६ वर्षीय सुरेश खडकालाई ०८३ असार २८ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई असार २६ गते बलात्कार गरेको भनी पीडित पक्षले असार २८ गते इलाका प्रहरी कार्यालय चन्द्रौटामा जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परिक्षण असार २७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।