INSEC Online

📅 २०८३ श्रावण १

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका– ३ का ३२ वर्षीय राजकुमार मगर र झापा जिल्ला कमल गाउँपालिका– ५ का ५३ वर्षीय डिल्ली प्रसाद दुलाललाई असार ३० गते गिरफ्तार गरेको छ ।

बालिकालाई असार २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मगर, दुलाल र चुलाचुली गाउँपालिका– ५ शिखर कटेरीका ६० वर्षीय पाराङ तामाङविरुद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै मगर र दुलाललाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पाराङ तामाङ भने फरार रहेकाले खोजी थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २९ गते गरिएको छ ।

मनोज अधिकारी

अन्य

भिडियो