INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–९ का ६० वर्षीय लक्ष्मण महतोविरुद्ध चैत १० गते उजुरी दर्ता गरेको छ ।

घरमा एक्लै सुतिरहेका बेला फागुन २९ गते राति आएका आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले चैत ५ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।

पीडितका पति काठमाडौंमा रोजगारी गर्छन् भने १० वर्षीय छोरा बोडर्समा बसेर अध्ययन गरिरहेका छन् । घरमा रहेकी दुई छोरी पनि टोल छिमेकमा भएको विवाहमा गएका बेला पीडित घरमा एक्लै रहेको मौका पारी आएका आरोपितले हातपात गरी कपडा च्याती बलात्कार प्रयास गरेको पीडितले बताइन् ।

पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा चैत ६ गते गरिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालका अनुसार आरोपितलाई चैत ६ गते गिरफ्तार गरिएकोमा चैत ७ देखि ९ गतेसम्म सार्वजनिक बिदा भई सरकारी कार्यालयहरु बन्द रहेकोले चैत १० गते उजुरी दर्ता गरी म्याद थप गरिएको हो ।

अन्य

भिडियो