INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीले कारागारबाटै दिए एसइइ

चैत १० गतेबाट सञ्चालन गरिएको एसइइ परीक्षामा जिल्ला कारागार बैतडीबाट एक जना कैदी परीक्षामा सहभागी भएका छन् ।

बलात्कार गरेको आरोप प्रमाणित भई कैद भुक्तान गरिरहेका पञ्चेश्वर गाउँपालिका १ सेरीबैसेकका अजय घटालले चैत १० गते अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका हुन् ।
जिल्ला सदरमुकाम शाहीलेकमा रहेको श्री वीरेन्द्र माध्यामिक विद्यालयबाट खुल्ला फारम भरी ०७५०२१३१ सिम्बोल नम्बरको प्रवेश पत्र पाएका घटालले कारागारमै परीक्षा दिन पाउँदा खुसी भएको बताए ।

५ हजार ८ सय १८ परिक्षार्थी रहेको बैतडी जिल्लामा पहिलो दिनको अनिवार्य अंगे्रजी विषयको परिक्षामा ५ हजार ६ सय ८३ जना परिक्षार्थी सहभागी भएका छन् ।

अन्य

भिडियो