INSEC Online

📅 २०८३ असार ३१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ०८३ असार १५ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–११ रेहराका १९ वर्षीय इफरान शेष, सोही ठाउँकै १९ वर्षीष अकरामुद्धिन फकिर, १९ वर्षीय राकेश सुनार र १७ वर्षीय एक बालकलाई असार २० गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितहरुले पीडितलाई असार १५ गते बलात्कार गरेको भनी पीडित पक्षले असार २१ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिइका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार २१ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो