१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठविरुद्ध चैत ९ गते प्रहरीमा पीडित पक्षले उजुरी दिएको छ ।
प्रहरीले उजुरी लगत्तै पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रुम्जाटारमा चैत ९ गत नै गरेर अनुसन्धान थालेको जनाएको छ ।
श्रेष्ठविरुद्ध उनी आफैले सञ्चालन गरेको इटा कारखनामा काम गर्ने कामदारमाथि बलात्कारको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजीव श्रेष्ठले बताए ।
बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ फरार रहेको प्रहरीले जनाएको छ । पीडितको उजुरी लिएर आरोपितको खोजी गरिरहेको श्रेष्ठले बताए । उजुरीमा चैत ७ गते बिहिबार दिउँसो वडा सदस्य श्रेष्ठले बलात्कार गरेको उल्लेख गरिएको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि