INSEC Online

📅 २०८३ असार २२

अश्लिल हर्कत गरेको आरोपमा भट्ट गिरफ्तार

१८ वर्षीया किशोरीलाई अश्लिल हर्कत गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्टलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बैतडी जिल्ला घर भई इमाडोलमा बस्दै आएका महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बाटो हिँड्दै गरेकी युवतीलाई पिछा गरी अश्लिल हर्कत गरेको आरोपमा भट्टलाई ०८३ असार २१ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनु भयो ।

पीडित युवतीले उक्त घटनाको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा हालेकी थिइन् भने उक्त भिडिओको प्रमाणसहित असार २१ गते प्रहरी वृत्त सातदोबाटोमा दिएको उजुरीका आधारमा प्रहरीले भट्टलाई खोजी गरी नियन्त्रणमा लिएको जनाएको छ ।

भट्ट शिक्षा क्षेत्रमा कार्यरत सरकारी कर्मचारी समेत भएको र ०८३ असार २२ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अनुसन्धान अघि बढाइएको सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनु भयो ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो