INSEC Online

📅 २०८३ असार १८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदुधकोशी गाउँपालिका– ५ स्थायी घर भई सोलुदुधकुण्ड नगरपालिका– ७ नाजिङमा डेरा गरी बस्दै आएका ३७ वर्षीय ग्याल्जेन शेर्पालाई ०८३ असार १५ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि अस्थायी प्रहरी चौकी दोर्पुबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अञ्जु कार्की

अन्य

भिडियो