१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका– ६ का २७ वर्षीय खगेन्द्र कार्कीलाई असार १६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८३ असार १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १६ गते इलाका प्रहरी कार्यालय, मधुमल्लामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते मंगलबारे अस्पताल, उर्लावारीमा गरिएको छ ।