१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–२ का २२ वर्षीय देवेन्द्र श्रेष्ठलाई गिरफ्तार गरेको छ ।
बालिकालाई ०८३ असार ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि ०८३ असार १० गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ८ गते गरिएको छ ।