INSEC Online

कुटपिट र दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई धारिलो हतियार देखाइ कुटपिट र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–२ का २४ वर्षीय रमेश ठाडा मगरलाई गिरफ्तार गरेको छ ।

आरोपितले काम छ भनी बोलाएर तीन महिना अघि महिलालाई धारिलो हतियार खुकुरी देखाई कुटपिट गरेको भिडियो ०८३ असार २ गते सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले आरोपितलाई असार २ गते राती घरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितसँगै घरमा रहेका तुलसीपुर उपमहानगरपालिका–२ का २१ वर्षीय जीवराज खत्रीलाई पनि गिरफ्तार गरी अनुसन्धान थालेको र  आरोपितसँगै लागु पदार्थ पनि बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

जयनारायण पुन

अन्य

भिडियो