सिंहदरबार परिसरबाट फागुन २९ गते गिरफ्तार भएका १६ जना मानव अधिकारकर्मी सोही दिन साँझ रिहा भएका छन् ।
सिंहदरबार अगाडि मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजना गरिएको विरोध प्रदर्शन कार्यक्रमबाट मानव अधिकारकर्मी उत्तम पुडासैनीसहित १६ जनालाई प्रहरीले सिंहदरबार परिसरबाट गिरफ्तार गरेको हो ।
नेपाल सरकारले फागुन २४ गते सिके राउतसँग गरेको ११ बुँदे सहमतिको विरोधमा गरेको धर्ना कार्यक्रममा प्रहरीले आफुलगायत १६ जना मानव अधिकार कर्मीलाई गिरफ्तार गरेको मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले बताए । घटनामा शान्ति समाजका सभापति उत्तम पुडासैनी सहित संस्थापक अध्यक्ष तथा सल्लाहकार कृष्ण पहाडी, सल्लाहकार डा.गगांधर अधिकारी, सचिव बलबहादुर गाहमगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरू नम्रता खरेल, गीता लिमल्सिना, अधिकारकर्मीहरू इश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनिता अर्याय, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुन सहित १६ जना रहेको पुडासैनीले बताए ।