INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा करैयामाई गाउँपालिका–३ करैयाका २३ वर्षीय जितेन्द्र मुखिया विनलाई फागुन २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको थियो ।

उक्क्त उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २० गते जिल्ला अस्पताल हेटौँडामा गरिएको एसपी सिंहले बताए ।

अन्य

भिडियो