१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ जिल्ला सिरिजङ्घा गाउँपालिका–७ स्थायी घर भइ शिवसताक्षी नगरपालिका–८ झिलझिले बस्दै आएका ३० वर्षीय मुक्ति भट्टराईलाई वैशाख ९ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८३ वैशाख ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ९ गते इलाका प्रहरी कार्यालय, झिलझिलेमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा वैशाख ९ गते गरिएको छ ।