२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–१ हसुलियाका २३ वर्षीय सनि चौधरीलाई ०८२ चैत २६ गते गिरफ्ततार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।