१७ वर्षीया बालिकालाई ०८२ चैत १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका–४ सुस्ताका २७ वर्षीय मिथुन भन्ने राममिलन हरिजनलाई चैत १८ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपित विरुद्ध चैत १६ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।