पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन ११ गते मर्चवारीबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय मर्चवारमा फागुन ११ गते उजुरी दिएको असई अखिल रानाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ११ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।